Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – स्याटलाइटबाट इन्टरनेट सेवा दिने एलन मस्ककाे कम्पनी स्टारलिंकले युक्रेनमा थप नि:शुल्क सेवा दिन नसक्ने बताएकाे छ । मस्कले शुक्रबार यसबारे एक ट्वीट गर्दै जानकारी दिएका हुन् ।

रुस र युक्रेनकाे युद्धकाे कारण हाल युक्रेनमा इन्टरनेट सेवा अवरुद्ध छ । यस्ताे अवस्थामा स्टारलिङ्ककाे नि:शुल्क सेवा युक्रेनी सेनाका लागि सञ्चारको महत्त्वपूर्ण स्रोत रहेकाे छ ।ट्वीटमा थप लेख्दै उनले पहिलेकाे खर्च तिर्नुनपर्ने, तर अबकाे खर्च कम्पनीले धान्‍न नसक्ने बताएका छन् ।

स्टारलिङ्कले अब युक्रेनमा इन्टरनेट सेवा जारी राख्‍ने हाे भने पेन्टागन (अमेरिकी सरकार) लाई खर्च सहयाेगका गर्नका लागि पत्र पठाएकाे छ । युक्रेनमा इन्टरनेट सेवा प्रदान गर्दा हालसम्म आठ करोड अमेरिकी डलर खर्च भइसकेकाे उनले ट्वीटमा लेखेका छन् ।

याे अङ्ग्रेजी वर्षकाे अन्त्यसम्ममा १० कराेड अमेरिकी डलर खर्च हुने समेत उनले ट्वीटमा लेखेका छन् । स्टारलिङ्कले फेब्रुअरीदेखि युक्रेनमा स्टारलिङ्ककाे सेवा दिन थालेकाे थियाे ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया