Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – दसैँ मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढेको छ । काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, लोकन्थली क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि सडकमा काठमाडौँका नाकामा जाम बढेको छ । दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढ्दो छ । घटस्थापनादेखि बाहिरिने यात्रुको चाप बढेको हो ।

शनिबारसम्म पाँच लाखले काठमाडौँ छोडेको प्रहरीले बताएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या पनि धेरै छ ।

दिउँसोको समय प्रायः जाम भइराख्ने उपत्यकामा राती पनि जाम हुन थालेको छ । घर फर्किने बढेसँगै उपत्यका बाहिरिने मुख्य क्षेत्रमा रातको समयमा पनि जाम हुने गरेको हो ।

 

तपाईको प्रतिक्रिया