Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट आयोजना गर्दै कम्पनीले आईफोन १४ सिरिजका चार मोडेल सार्वजनिक गरेको हाे । याे सिरिजका फाेनमा भौतिक सिम लाग्ने छैन । तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ ।

ई-सिमका माध्यमबाट मोबाइल डेटा तथा सेवाहरू भौतिक सिम प्रयोग नगरी उपयोग गर्न सकिन्छ । ई-सिम प्रचलनमा ल्याउन कम्पनीले यो सेवा अमेरिकाबाट सुरु गरेको बताएको छ । अहिले कतिपय देशमा ई-सिम प्रचलनमा आइसकेको छ भने कतिपय देशमा परीक्षणकै चरणमा छ । ई-सिमले पनि भौतिक सिमकै काम गरिरहेको हुन्छ । तर, सबै विद्युतीय तरङ्गबाट मात्र ।

यसको अर्थ फोनमा सिमको सफ्टवेयर प्रयोग गरेकै भरमा मोबाइल सेवामा पहुँच पाउन सकिन्छ । आईओएस १५ मा फोन अपडेट गरेसँगै तपाईँले आफ्नो ई-सिमलाई एउटा आईफोनबाट अर्को आईफोनमा ब्लुटुथका माध्यमबाट ट्रान्सफर गर्न सक्नुहुन्छ । यसलाई भौतिक सिम एक डिभाइसबाट अर्को डिभाइसमा सारेजस्तै सजिलै सार्न सकिन्छ । आईफोनले सन् १०२८ बाट नै ई-सिम सपोर्ट गर्दै आइरहेको छ, जसका माध्यमबाट एकै पटकमा दुई ओटा सिम प्रयोग गर्न सकिन्छ ।

आईफोनमा एउटा मात्र भौतिक सिम प्रयोग गर्न सकिन्छ । त्यस्तै ई-सिम पनि प्रयोग गर्न सकियो भने त्यसमा एकैपटक दुई ओटा सिम प्रयोग गर्न सकियो । आईफोन १३ मा भने एकै पटक दुई ओटा ई-सिम प्रयोग गर्न सकिने बताइएको छ । अमेरिका बाहेक अन्य देशमा उपलब्ध हुने आईफोन १४ मा भने भौतिक सिमका लागि सिम ट्रे उपलब्ध हुनेछ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया