Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

नागोया – जापानको नागोयामा नेपाल फेस्टिभल जारी छ । आइतबारसम्म चल्ने फेस्टिभल पानी पर्ने चिन्ताले आयोजकलाई चिन्तित बनाएपनि मौसमले साथ दिएपछि दर्शकहरूको घुइँचो लागेको हो ।फेस्टिभलमा शनिबार सबैभन्दा बढी आकर्षण नेपालबाट आएका चर्चित कलाकारहरू बद्री पंगेनी, सम्झना भण्डारी र राजु लामा लगायत कलाकारहरू रहे । दर्शकहरू उनीहरूको गीत संगितमा मस्त देखिन्थे । फेस्टिभल उद्घाटन पूर्व पञ्चेबाजा सहित विभिन्न जनजातिहरूको झाँकीले फेस्टिभल परिसर परिक्रमा गरेका थिए ।फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू राखिएका छन् । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा भएको फेस्टिभलमा जापनिजहरूले पनि मनोरञ्जन लिइरहेका देखिन्थ्यो । फेस्टिभल बार्दली भएको नेपाली घरमा फोटो खिच्नेको भिड देखिन्थ्यो ।फेस्टिभलको उद्घाटन प्रमुख अतिथि पूर्व गृह तथा रक्षामन्त्री डा. मिलेन्द्र रिजालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता फेस्टिभल आयोजक समिति संयोजक दीपक कार्कीले गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया