Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – फुटपाथ व्यापारीहरूको संगठन ‘राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघ’ले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ । महासंघले शुक्रवार माइतीघरमा प्रदर्शन गरेको हो ।महासंघले केही हप्ताअघि महानगरलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको भएपनि सुनुवाइ नभएकाले संघर्षमा उत्रिनुपरेकाे बताएको छ । संघर्ष समितिका संयोजक शिशिर भट्टले भने, ‘केही हप्ताअघि महानगरलाई दिएको ज्ञापन पत्रको सुनुवाइ नभएको कारण यो दोस्रो चरणको विरोधमा उत्रिनु परेको हो ।’प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई भद्रकाली, सुनधारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै पुनः माइतीघर आई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।उनीहरूले आफ्नो रोजीरोटीको सुनिश्चितता हुनु पर्ने, वैकल्पिक व्यवस्था नगरी फुटपाथबाट पसल हटाउन नहुने, नगर प्रहरीले जफत गरेका सामान बिना सर्त फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया