Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – गुगलले आफ्नै चस्मा ‘गुगल ग्लास’ सार्वजनिक गरेको एक दशकपछि स्मार्ट एआर ग्लास बजारमा ल्याउने तयारी गरेकाे छ । कम्पनीले अर्को महिनाबाट आफ्नै कर्मचारी र अन्य केही प्रयाेगर्कतालाई सो ग्लास परीक्षण गर्न दिने बताएको छ ।

यो स्मार्ट ग्लासले मानिसहरूको दैनिक जीवनमा कस्तो प्रभाव पार्नसक्छ भन्ने कुराको परीक्षण गर्न कम्पनीले प्रयाेगकर्तासँगै आफ्नै कर्मचारीको पनि सहयोग लिन लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो एआर ग्लासले मानिसको दैनिकीलाई सहज बनाउने कम्पनीको अपेक्षा छ । साथै यसले विभिन्न भाषालाई अनुवाद गर्न सहयोग गर्ने बताइएकाे छ । गुगलले आफ्नो ब्लग पोस्टमार्फत यो प्रोटोटाइपमा ईन-लेन्स डिस्प्ले (लेन्समा डिस्प्ले), माइक्रोफोन र क्यामेरा समावेश हुने जानकारी दिएको छ ।

तर, यो एआर ग्लासले केके गर्न सक्नेछ भन्ने सबै कुरा ब्लगपोस्टमा उल्लेख गरिएको छैन । यो एआर प्रोटाेटाइपले फोटोग्राफी वा भिडिओग्राफी भने सपोर्ट गर्ने छैन । तर, नजिकका स्थानमा जानका लागि निर्देशन दिन, भाषा अनुवाद गर्नका लागि भने इमेज डेटा प्रयोग गरिने बताइएको छ ।

यो एआर ग्लास देख्दा सामान्य चस्माजस्तै देखिन्छ, जसमा ईन-लेन्स डिस्प्ले, अडियो तथा भिडिओ सेन्सरजस्तै माइक्रोफोन र क्यामेरा समावेश हुने गुगलले सपोर्ट पेजमा उल्लेख गरेको छ । विश्वव्यापी रूपमा स्वीकारिएको अग्मेन्टेड रियालिटी ग्लासको निर्माणमा ठूला-ठूला कम्पनीहरू जस्तै मेटा, एप्पल, माइक्रोसफ्टबीच आन्तरिक ‍युद्ध चलिरहेको छ ।

तपाईको प्रतिक्रिया