Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौंडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौं र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’हजारौं पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौं, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मुकदर्शक बनेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया