Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – क्रिप्टोकरेन्सीको मूल्य घट्ने क्रम गत साता पनि रोकिएन। बिटकोइनजस्ता क्रिप्टोकरेन्सीलाई यसबाट करोडौँ डलर घाटा लागेको छ। क्रिप्टोकरेन्सी बजारमा देखिएको सङ्कटले धेरै लगानीकर्तालाई तनाव दिइरहेको छ र त्यसमा बिटकोइनमा ठूलो लगानी गरेको एउटा देश पनि पर्छ।

मध्य अमेरिकी देश एल साल्भाडोरले नौ महिनाअघि बिटकोइनमा लाखौँ अमेरिकी डलर लगानी गरेर यसलाई कानुनी मुद्रा बनाएको थियो र नागरिकहरूलाई दैनिक किनमेल गर्न पनि बिटकोइन प्रयोग गर्न प्रेरित गर्‍यो।

एल साल्भाडोरमा खानेकुरादेखि पेट्रोलसम्म र घरदेखि फुटपाथमा राखिएका सामानसम्म किन्न बिटकोइन प्रयोग गर्न सकिन्छ। क्रिप्टोकरेन्सीलाई चलनचल्तीको मुद्रा बनाउने राष्ट्रपति नायीब बुकेलेको निर्णयले एल साल्भाडोरको अर्को मुद्रा डलरजस्तै बिटकोइन स्वीकार्य छ।

तर पछिल्लो क्रिप्टोकरेन्सी सङ्कटले यो नीतिबारे प्रश्नहरू खडा गरेको छ। उक्त देशसँग भएका २,३०० बिटकोइनको मूल्य सरकारले तिरेको मूल्यभन्दा आधा भएको छ तर अर्थमन्त्रीले आलोचनालाई बेवास्ता गर्दै ‘एकदमै न्यून आर्थिक जोखिम’ रहेको बताएका छन्।

आफ्नो निर्णय उल्ट्याउन परिरहेको बढ्दो दबावबाट सरकारलाई कुनै प्रभाव परिरहेको जस्तो देखिँदैन। उसले क्रिप्टोकरेन्सीका लागि महत्त्वाकाङ्क्षी योजनाहरू पनि अघि सारेको छ।

तपाईको प्रतिक्रिया