Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – ट्वीटरलाई सकेसम्म धेरै बहस गर्न सकिने माध्यमका रुपमा बनाउनुपर्ने धारणा राख्दै आएका इलोन मस्कले सोसल भिडियो सञ्जाल टीकटकमाथि प्रश्न गरेका छन्। हालै ट्वीटर खरिदसमेद गरेका इलोनले के टीकटकले सभ्यता नष्ट गर्दैछ? भनी प्रश्न गरेका छन्।

आफ्नो ट्वीटर ह्यान्डलमार्फट इलनले भनेका छन् : के टीकटकले सभ्यतालाई नष्ट पार्दैछ? केही मानिसहरुले यस्तै सोच्छन्। त्यसपछि उनले ट्वीटर थ्रेडमा अर्को अप्सन पनि राखेका छन् प्रश्नमा : अथवा सायद केवल सामान्य सामाजिक सञ्जाल नै हो।

हालै सोसल प्लेटफर्म ट्वीटर किनेपछि चर्चामा आएका टेस्लाका सिइओ इलोनले यसअघि आफूले कोकाकोला कम्पनी किन्न चाहेको बताएका थिए। ‘अब अर्को, कोकिन राख्नका लागि म कोकाकोला किन्दैछु।’

यतिमात्र हैन मस्कले म्याक डोनाल्ड्स् किन्न चाहेको पुरानो ट्वीटको स्क्रिनसट राखेर अर्को ट्वीट राखेका छन्। ‘अब म म्याकडोनाल्ड्स किन्न गइरहेको छु र सबै आइसक्रिम मेसिनहरु ठीक गरिदिन्छु,’ लेखिएको स्क्रिनसटको क्याप्सन छ, ‘सुन म चमात्कार गर्न सक्दिनँ ल।’

फोर्ब्स पत्रिकाका अनुसार विश्वकै धनी मस्कसँग २७३ अर्ब डलर बढी सम्पत्ति रहेको छ। टेस्लाको संस्थापकमात्र नभएर उनी अन्तरिक्षासम्बन्धी कम्पनी स्पेसएक्सकै पनि नेतृत्वकर्ता हुन्।

 

तपाईको प्रतिक्रिया