Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – सामान्यतया अनलाइनमा जुत्ता खरिद गर्दा उपभोक्तामा हिच्किचाउने अथवा अर्डर गरेको जस्तो सामान पाइन्न भन्ने अवधारणा पाइन्छ । किनभने भौतिक रुपमा बजारमा जुत्ता खरिद गर्न जाँदा आफूलाई सुहाएको/नसुहाएको अथवा अटेको नअटेको हेरेर मात्र खरिद गर्ने गरिन्छ ।

तर अनलाइनमा यसरी आफ्नै खुट्टामा लगाएर जाँच गरी खरिद गरेको जस्तो हुँदैन । यद्यपि यो समस्यालाई अमेजनले सम्बोधन गरेको छ । अब अमेजनबाट जुत्ता खरिद गर्दा भर्चुअल रुपमा आफ्नै खुट्टामा ट्राइ अथवा आफूलाई अट्ने/नअट्ने चेकजाँच गरी खरिद गर्न पाइने भएको छ ।

अमेजनले हालै मात्र आफ्नो प्लेटफर्ममा अग्मेन्टेड रियालिटी (एआर) शपिङ टुल सार्वजनिक गरेको छ, जसको माध्यमबाट उपभोक्ता जुत्ता खरिद गर्दा आफ्नै खुट्टामा लाएर हेर्न सक्नेछन् । यो टुलले प्रयोगकर्ताको अनलाइन शपिङको अनुभवलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ ।

‘भर्चुअल ट्राइ अन फर सुज’ (भर्चुअल रुपमा जुत्ता लगाइ हेर्नुहोस्) नामक यो फिचर हाललाई भने अमेरिका र क्यानडाका आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो फिचर न्यू ब्यालेन्स, एडिडास, रिबक, पुमालगायत अन्य थुप्रै ब्रान्डका जुत्ताको भर्चुअल रुपमा उपलब्ध गराइएको छ ।

उपभोक्ताले आफूलाई मनपरेको जुत्तामा क्लिक गरी स्क्रिनमा उपलब्ध ‘भर्चुअल ट्राइ अन’ बटनमा क्लिक गरेर आफ्नो मोबाइलको क्यामेरा आफ्नो खुट्टामा देखाएपछि उक्त भर्चुअल जुत्ता आफ्नो खुट्टामा देखिन्छ । यसरी अनलाइनमा आफूलाई मन परेको जुत्ता आफ्नो खुट्टामा सुहाएको/नसुहाएको हेरेर खरिद गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया