Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी सेक्युरिटी प्रालिले साइबर सुरक्षासम्बन्धी एक दिने वर्कशप गर्ने भएकाे छ । यसअघि विभिन्न संस्थालाई वर्कशप उपलब्ध गराइसकेको कम्पनीले पुनः दुई समूह गरी निःशुल्क वर्कशप गर्न लागेकाे हाे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 भैरव टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बुले भने, ‘हामीले पहिलो चरणमा विभिन्न ठूला तथा मझौला संस्थाका लागि वर्कशप सम्पन्न गरिसकेका छौं । अब दोस्रो र तेस्रो चरणका लागि साना तथा मझौला उद्यमीहरू, कलाकार तथा मिडियालाई साइबर सुरक्षासम्बन्धी निःशुल्क वर्कशप गर्दै छौं ।’

कार्यक्रमका सहभागीले आफ्नो व्यवसायमा कस्ता सुरक्षाका चुनौतीहरू आउँछन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराबारे जानकारी र त्यसको समाधानकाे उपाय पाउने उनले बताए ।

कार्यक्रममा सहभागी हुन इच्छुक उद्यमी, कलाकार तथा मिडियाले यो ईमेल ठेगानामा सम्पर्क राख्नुपर्ने छ । त्यसपछि आयोजकले कार्यक्रम कहिले र कहाँ हुने भन्ने कुरा जानकारी दिनेछ ।

सो कार्यक्रम करिब पाँच घण्टाको हुने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया