Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए । नेपालमा संक्रमण नदेखिए पनि सचेत भने हुनुपर्ने उनको भनाई छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्किने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्छ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छाला जस्ता अंगबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्छ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्छ ।

ज्वरो आउनु, सामान्य ज्वरो सुरू भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुज स्ता लक्षण देखिन्छ । यस्तै टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु पनि यसका लक्षण हुन् ।

लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैं हराउँछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा संक्रमण हुनु र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण हुनु, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने मन्त्रालयले जनाएको छ ।

यसबाट बच्न मंकीपक्सको शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, उनीहरूको हेरचाह गर्नेले पिपिई लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, बिरामीका लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानीले धुने, सम्पर्कमा आएका सतह र स्थान निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ ।

ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया