Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।

वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ ।

उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले १९ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोसाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ ।

पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ । टोकोले यो पोशाक लगाएपछि आफू कुकुरजस्तै देखिनुपर्ने इच्छा जताएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया