Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – यदि तपाईं हप्तामा कम्तीमा ७५ मिनेट हिँड्नुभयो भने तपाईं डिप्रेसनको शिकार हुनबाट बच्न सक्नुहुन्छ। बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा यो नतिजा बाहिर आएको हो। अनुसन्धान विज्ञहरूका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सिफारिस गरेको व्यायाम अवधिको आधा समय पनि व्यायाम गरेमा डिप्रेसनको सम्भावना २० प्रतिशतले कम हुन्छ।

व्यायामले शरीरलाई खुसी राख्छ
व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ। व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ। डब्ल्यूएचओका अनुसार हप्तामा १५० मिनेटको व्यायाम आवश्यक छ। त्यसैगरी क्याम्ब्रिजका वैज्ञानिकहरुले आधा समय दिए पनि शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने बताएका छन्। व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ। यसले डिप्रेसनबाट पीडित मानिसहरूलाई मद्दत गर्न सक्छ।

१ लाख ९० हजार मानिसमा अनुसन्धान 
यो अनुसन्धान १ लाख ९० हजार मानिसमा गरिएको थियो। जसमा भारत, अमेरिका, रुस, मेक्सिको, अष्ट्रेलिया, जापानलगायत युरोपेली देशका मानिसहरु सामेल थिए। अध्ययनमा सामेल २८ हजार मानिसहरू डिप्रेसनबाट पीडित थिए। अनुसन्धान टोलीका अध्यक्ष डा म्याथ्यु पियर्सका अनुसार शारीरिक क्रियाकलापले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। डिप्रेसनले निद्रा नलाग्ने, तौल बढ्ने, कमजोर आँखा, थकान, काममा रुचि नहुने जस्ता समस्या निम्त्याउन सक्छ।

विश्वमा २८ करोड मानिस डिप्रेसनको शिकारमा 
विश्वमा करिब २८ करोड मानिस डिप्रेसनको चपेटामा छन्। जसका कारण उनीहरु लामो समयसम्म निराश महसुस गर्छन्। केही अध्ययनहरूका अनुसार, डिप्रेसनसँग लड्न एन्टीडिप्रेसेन्टहरू भन्दा शारीरिक गतिविधि बढी प्रभावकारी हुन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया