Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – द नेदरल्यान्ड्समा एक चारवर्षे बालकले आफ्नी आमाको कार सुटुक्क चलाएर सडकमा पुर्‍याएपछि उक्त घटनाको चर्चा भएको छ । युट्रेक्ट सहरमा शनिवार बिहानै ती बालकले चलाएको कार पार्क गरेर राखिएका अन्य दुई सवारीसाधनमा ठोकिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसपछि पाइजामा लगाएका ती बालक कारको ढोका खोकेर खाली खुट्टा बाहिर निस्किएका थिए । चिसोमा एउटा बालक एक्लै हिँडिरहेको देखेपछि प्रत्यक्षदर्शीहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त दुर्घटनामा कोही पनि घाइते भएन। प्रहरीले आफ्नो इन्स्टाग्राममा घटनाबारे जानकारी दिँदै ठट्यौलो पारामा ‘नयाँ माक्स भेर्स्टापेन’ फेला परेको लेखेको छ। भेर्स्टापेन फर्म्युला वनका विश्वविजेता हुन् ।प्रहरीका अनुसार ती बालक शनिवार बिहान आफ्ना बुवा काममा जान लाग्दा उठेका थिए अनि आमाको कारको साँचो बोकेर बाहिर निस्किएका थिए । एक्लै हिँडिरहेका बालकलाई लिन प्रहरीहरू गएकै बेला नजिकै पार्क गरिएका दुईवटा गाडीमा आएर जोतिएको एउटा कारबारे प्रहरीले जानकारी पायो । कारधनीको नाम पत्ता लागेपछि प्रहरीले उनलाई खबर गर्‍यो । कारधनी ती बालककी आमा थिइन् ।

त्यसपछि आमा र छोरालाई लिएर प्रहरी दुर्घटनास्थलमा गयो। त्यहाँ ती बालकलाई गाडी कसरी चल्यो भनेर सोधिएको थियो । प्रहरीका अनुसार ती बालकले फेरि साँचोले कारको ढोका खोले, चलाउने ठाउँमा साँचो हाले अनि क्लच र पेडल खुट्टाले थिचे । बालककी आमाले आफ्नो बच्चा ‘निकै टाठो’ भएको बताएकी छन् । उक्त घटनापछि प्रहरीले बच्चाले नभेट्ने ठाउँमा गाडीको साँचो राख्न उनका आमाबाबुलाई भनेको छ ।

तपाईको प्रतिक्रिया