Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

Photo: REUTERS/Issei Kato

टोकियो – जापानमा फेरी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई दिनमा मात्रै देशभर एक लाख चार हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार ५२ हजार ७४१ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विज्ञहरूले देश संक्रमणको सातौं लहरमा प्रवेश गरिरहेको चेतावनी दिएका छन् ।

सातौं लहरको जोखिमलाई ध्यानमा राखेर सरकारले नयाँ सङ्क्रमितको वृद्धिलाई नियन्त्रण गर्न सामाजिक र आर्थिक गतिविधिहरू नरोकि युवाहरूमाझ कोभिड–१९ बूस्टर खोपको प्रवर्द्धनका लागि पहल गरिरहेको छ । युवा पुस्तामा नयाँ केसहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ ।

चिकित्सा प्रणालीलाई तनावपूर्ण हुन नदिन सरकारले कोरोना भाइरसका वृद्ध बिरामीहरूलाई आफू बसेको हेरचाह केन्द्रमा उपचार गराउने प्रणाली पनि ल्याइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया