Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबार कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । महर्जनलाई उनकै पत्नी ४३ वर्षीया ज्ञानीशोभाले र वलीलाई उनकी १९ वर्षीया छोरी सुमित्राले कलेजो दिएकी हुन् ।

दुवैको स्वास्थ्य अवस्था सामान्य छ । डा. श्रेष्ठले भने, ‘जटिल शल्यक्रियाका लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्द्रमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ, आगामी महिनादेखि प्रत्येक महिना कम्तीमा दुई जनाको कलेजो प्रत्यारोपण नियमितरुपमा गर्ने तयारी ।’

कलेजो प्रत्यारोपणमा डा. प्रदेज सापकोटा, डा. क्षेतेन योञ्जन तामाङ, डा. अनिषा तिवारी, डा. ललितकुमार दास, डा. कणर् राजवंशी, डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमन र डा. कृष्ण बुढाथोकी तथा कोपिला दाहाल, बबिता लवजु, अनिता कार्कीलगायत उपचार टोलीमा संलग्न थिए ।

नेपालमा पहिलो पटक २०७२ मंसिरमा कलेजो प्रत्यारोपण यही केन्द्रमा गरिएको थियो । हालसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफलतापूवर्क गरिएको अस्पतालले जनाएको छ । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरे जस्तै कलेजो प्रत्यारोपणमा पनि सहुलियत दिनुपर्ने डा. श्रेष्ठको धारणा छ ।

तपाईको प्रतिक्रिया