Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार अब यी रोगका बिरामीले औषधोपचार बापत मासिक रकम पाउने छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय तहको समन्वयमा बिरामीले तीन/तीन महिनामा एकमुस्ट उपचारबापत मासिक पाँच हजार रुपैयाँका दरले भत्ता पाउने कार्यविधिमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई भत्ता पाउने सूचीमा राखिएको छ ।

भत्ता लिने प्रक्रिया के हुन्छ ?
कार्यविधिमा उल्लेख भएअनुसार यो भत्ता पाउन राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । चिकित्सकको सिफारिस, मेरुदण्ड पक्षाघातको हकमा अपांगतासम्बन्धी प्राप्त रातो वा निलो कार्डको प्रतिलिपि पनि सोही कागजातमा समावेश गर्नुपर्ने हुन्छ ।

यी सबै कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । वडा कार्यालयको सिफारिसमा बिरामीले पछिल्लो प्रत्येक तीन महिनामा मासिक पाँच हजारका दरले एकमुष्ट भत्ता रकम पाउनेछन् । बिरामीले पाउने रकम सम्बन्धित स्थानीय तहले बैंक खातामा पठाउने छ ।

हेर्नुहोस् कार्यविधि :-

तपाईको प्रतिक्रिया