Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – विवाहपछिको केही सयम दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर अचानक केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ वा समस्या उत्पन्न हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् । हरेक चिजको आफ्नै महत्व र नियम हुन्छ । यस्तै नियम शयन कक्षामा पनि राख्न सकियो भने पति पत्नीबीच समस्या उत्पन्न हुँदैन ।

कहिलेकाही अनजानमा भएको गल्तीले पनि समस्या उत्पन्न हुन जान्छ । तर यसलाई व्यवस्थित गर्न केही उपाय अपनाउने हो भने विवाद वा समस्याको व्यवस्थापन गर्न सकिन्छ ।

त्यसका लागि सुत्नअघि केही काम गर्न जरुरी छ ।

१. यदी तपाईहरु (पति पत्नी) बेग्लाबेग्लै समयमा सुत्न जानुहुन्छ भने यसलाई सुधार गर्नुहोस् । वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुबै जना सुत्न जाने समयलाई एकै बनाउँनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुँरिरहेको होस् ।

२. प्रयास गर्नुहोस् कि सुत्नुभन्दा पहिला मोबाइल हातमा नहोस् । बेडरुममा टिभी राख्नबाट बच्नुहोस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठिक लागोस् । सुत्नुअघि मोबाइल, ल्यापटप, टिभीलाई दिने समय आफ्नो पार्टनरलाई दिनुहोस् ।

३.घरायसी तनाव, कार्यालयको समस्या, राजनीतिक विषयलाई एकछिन छोडेर दुई जना दिनभरका गतिविधि बारे चर्चा गर्नुहोस् । माया प्रेम युक्त कुराहरु गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ ।

४. एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतीमा खुसी दिनसक्छ त्यसलै सानो कुरा विग्रदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् ।

५. माया प्रेमको आआफ्नै शैली हुन्छ तर व्यक्त भावना भन्दा छोएर गरिने तारिफले माया प्रेम थप गाढा हुन्छ ।

६. ‘गुडनाइट किस’ दिन नभुल्नुहोला यसले एक अर्कामाथि थप माया प्रेम र स्नेह बढ्छ ।

तपाईको प्रतिक्रिया