Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले भ्रामक विज्ञापन गरेका कारण ‘सेन्सोडाइन’ टूथपेस्टका उत्पादकलाई दस लाख भारू (१६ लाख नेपाली रुपैयाँ) जरिवाना गराएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

इंडियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार, सीसीपीएले सात दिनभित्र ती सबै भ्रामक विज्ञापन हटाउन निर्देशन पनि दिएको छ । मंगलबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा सेन्सोडाइनको ‘दुनियाँभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाँको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’ को दाबी गरिएका विज्ञापनलाई सात दिनभित्र हटाउन भनिएको छ। यसका साथै १६ लाख जरिवाना तिर्न निर्देशन पनि दिएको छ ।

यसबाहेक सेन्सोडाइन टूथपेस्टकै विदेशी दन्त चिकित्सकहरूद्वारा सिफारिस गरिएको भनेर देखाउने विज्ञापनलाई पनि सीसीपीएले नै यस अघिकै आदेश अनुसार बन्द गर्न भनिएको थियो । निधि खरे अध्यक्ष रहेको सीसीपीएले हालै सेन्सोडाइन उत्पादनका भ्रामक विज्ञापनका विरुद्ध आदेश पारित गरेको हो। यी विज्ञापनमा यो टूथपेस्टलाई ‘दुनियाँभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाँको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’ भनेर दाबी गरिँदै आएको छ र नेपालमा पनि यो विज्ञापन सबैजसो टिभी च्यानलबाट देखाउने गरिएको छ । यसैगरी नेपालका रेडियो तथा छापाहरूमा पनि यो भ्रामक विज्ञापन प्रचारप्रसार हुँदै आएको छ ।

यसअघि सन् २०२२ को फेब्रुअरी महिनामा सीसीपीएले नै एउटा आदेश दिएर सेन्सोडाइनको ‘देश बाहिरका एक दन्त चिकित्सक यो टूथपेस्ट प्रयोग गर्ने सल्लाह दिन्छन्’ भन्ने विज्ञापन बन्द गर्न निर्देशन दिएको थियो। सीसीपीएले टेलिभिजन, युट्युब, फेसबुक र ट्विटरलगायतका सबै माध्यमबाट सेन्सोडाइन उत्पादनसम्बन्धी यी विज्ञापनका विरुद्ध स्वतः कारबाही सुरू गरेको जनाएको छ ।

यी विज्ञापनमा विदेश (ब्रिटेन) मा अभ्यासरत चिकित्सकले सेन्सेटिविटीबाट दाँतलाई बचाउनका लागि ‘सेन्सोडाइन रैपिड रिलीफ” र “सेन्सोडाइन फ्रेश जेल’ नामका सेन्सोडाइनका उत्पादन प्रयोग गर्ने सल्लाह दिएको देखाइएको छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाईको प्रतिक्रिया