Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – स्वादमा तितो निम स्वास्थका लागि निकै लाभदायक छ। यसले प्रतिरोधी क्षमता बढाउँछ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ।

तपाईले निमपानी घरमै तयार गर्नसक्नुहुन्छ। यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन्।

निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, घाउ, पेटको समस्या, कपाल झर्ने समस्यालगायत टाढा हुन्छन्। निम पानीको सेवनले हुने फाइदा यस्ता छन्।

प्रतिरोधी क्षमता : कोरोनाकालमा स्वास्थ र प्रतिरोधी प्रणालीलाई बलियो बनाइराख्नुपर्छ, यसका लागि निमको पत्ती सेवन गर्नुस्। निमको काडाँ वा यसको पानी पिउनुस्। निममा पाइने एन्टी इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी ब्याक्टेरियल पोषक तत्वले प्रतिरोधी क्षमता बलियो बनाउँछ। यदी गम्भिर रोगहरुबाट बच्न चाहनुहुन्छ भने आजैदेखि निम पानी पिउन सुरु गर्नुस्।

दाँतका लागि लाभदायक : दाँतका लागि लाभदाय निमको पानी पिउँदा मुख स्वस्थ रहन्छ। यसले दाँत र गिजासँग जोडिएका समस्या टाढा हुन्छन्। किनकी यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, यसले दाँतमा विद्यमान ब्याक्टेरिया सफा गर्छ। ब्याक्टेरिया मरेपछि सास र मुखबाट आउने गन्ध पनि टाढा भाग्छ। दाँतसँग सम्बन्धित धेरै समस्या यसले ठिक गर्छ।

छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ। डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ।

निमको पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ। यसले छाला र कपालको स्याहार गर्छ। यसको एन्टी ब्याक्टेरियल गुणले छालाको ब्याक्टेरिया मार्छ।

पेट दुख्ने समस्याबाट पनि निमले आराम दिन्छ। यसले पेटको अल्सर कम गर्छ। पेट फुल्ने, ऐठन, कब्जियत आदी टाढा गर्छ। पेटलाई फ्लु र संक्रमणबाट बचाउँछ। यसले पेटभित्र रहेका हानिकारक ब्याक्टेरियालाई नस्ट गर्नसक्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया