काठमाडाैं – चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै हाे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शुक्रबार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ ।
यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ ।
प्रकाशित मिति: आइतवार फाल्गुन २९, २०७८
प्रकाशित समय: १८:४१:४०