Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – जसरी प्रविधिको विकास भएको छ, त्यसरी नै मानिसको जीवनमा सुविधा पनि उपलब्ध भएको छ । अत्याधुनिक उपकरणको प्रयोगले आज अत्यन्तै कठिन कार्यहरू पनि सहज रूपमा सम्पन्न भइरहेका छन्।

कुनै बेला पैसा जम्मा गर्न र झिक्न बैंकमा लामो लाइन लाग्ने गरेको थियो । बिस्तारै समय परिवर्तन भयो र खातावालाहरूले पैसा निकाल्न बैंक आउन नपरोस् भनेर बैंकहरूले आफ्ना एटीएमहरू जडान गर्न थाले। बैंकिङ इतिहासमा एटीएम सबैभन्दा ठूलो उपलब्धि हो। बैंकले आफ्ना खातावालाहरूलाई कार्ड दिन्छ, जसलाई ग्राहकले उक्त बैंकको एटीएम मेसिनमा हालेर पिन कोड प्रविष्ट गरेर आफ्नो पैसा निकाल्न सक्छ।

अहिले कार्डमार्फत जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्न सकिन्छ । आज हामी तपाईलाई एटीएम पिनसँग सम्बन्धित रोचक जानकारी दिदैँछौंँ । किन एटीएम पिन मात्र ४ अंकको हुन्छ ???

स्कटल्याण्डका वैज्ञानिक जोन एड्रियन शेफर्ड ब्यारोन एटीएम मेसिनका आविष्कारक हुन् । जोनले सन् १९६९ मा एटीएम मेसिनको आविष्कार गरेका थिए । अहिले डिजिटल भुक्तानी र मोबाइल बैंकिङको युग भए पनि एटिएम मेसिनको लोकप्रियता आज पनि कायमै छ ।

अब कुरा गरौं किन एटीएमको पिन कोड मात्र ४ अंकको राखिएको हुन्छ । जब जोनले एटीएम मेसिन बनाइरहेका थिए र यसमा कोडिङ सिस्टम राख्दै थिए, जोन सुरुमा यसलाई ६ अंकको बनाउन चाहन्थे। जब उनले आफ्नी श्रीमती क्यारोलिनलाई एटीएम चलाउन दिए, क्यारोलिनले बारम्बार २ अंक बिर्सिन् र उनलाई सधैं ४ अंक याद गरिन् ।

औसत मानव मस्तिष्कले ६ को सट्टा ४ अंक मात्र सम्झन सक्ने जोनले अनुमान गरे । यसपछि जोनले एटीएमको पिन ६ अंकको सट्टा ४ अंकमा परिवर्तन गरे । तर, ६ अंकको पिन राख्नुको पछाडि जोनको उद्देश्य एटीएमलाई सुरक्षित बनाउनु थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया