Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – थाइल्यान्डका एक ट्याटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका ट्याटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो विवादास्पद वैवाहिक अवस्थाबारे एउटा कार्यक्रममा अन्तर्वार्ता दिएपछि उनको अनलाइन चर्चा बढेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोरोटले आठ ओटा विवाह गरेका छन् र उनीहरू सबै एउटै छानोमुनि बस्छन् । उनीहरूले एउटा ठूलो खुसीयाली परिवार मान्छन् । कार्यक्रममा सोरोटले आफ्ना हरेक पत्नीलाई परिचय दिँदै उनीहरूसँगको भेटबारे खुलासा गरेका छन् । त्यस्तै, आठै जना महिलाले आफ्ना पतीलाई दयालु र पृथ्वीकै सबैभन्दा विवेकशील पुरुष बताएका छन् । सबै पत्नीले उनीसँग अनौठो तरिकाले बाँचेको दाबी गरेका छन् ।

सोरोटले पहिलो पत्नी नोङ सप्राइटलाई साथीको विवाहमा भेटेका थिए । पहिलो भेटमै उनले विवाह प्रस्ताव गरेका थिए । दोस्रो पत्नी नोङ एललाई बजार र तेस्रो पत्नी नोङ नानलाई अस्पतालमा भेटेका थिए । त्यस्तै, चौथो, पाँचौँ र छैटौँ पत्नीलाई उनले क्रमशः सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र टिकटकबाट भेटेका थिए । सातौँ पत्नी नोङ फिल्मलाई मन्दिर जाँदा र अन्तिम पत्नीलाई चार जना श्रीमतीहरूसँग बिदामा पटैया घुम्न जाने क्रममा भेटेका थिए ।

‘उनी निकै हेरचाह गर्ने र हामीले अहिलेसम्म देखेकामध्यै सुझबुझ भएका पुरुष हुन्,’ आठै जना महिलाले भने । उनले राम्रो व्यवहार गरेकोले झगडा गर्नु नपरेको आठै जनाले बताएका छन् । जेठी पत्नीको तर्फबाट उनका एउटा छोरा छन् भने दुई जना पत्नी गर्भवती भएका छन् । आठ ओटा श्रीमती चार ओटा बेडमा सुत्छन् । हरेक बेडमा दुई जना पत्नी सुत्छन् । श्रीमानसँग बेड सेयर गर्न उनीहरूले पालो कुर्छन् ।

तपाईको प्रतिक्रिया