Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको  जानकारी दिइन्।

‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ। संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,’ प्रवक्ता मिश्राले भनिन्। उनले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

मन्त्रालयको बुधबारको तथ्यांकअनुसार संक्रमणदर ३३ दशमलव ९ प्रतिशतमा झरेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।  ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र  १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया