Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – कोरोना भाइरस फेरि द्रुत गतिमा फैलिन थालेको छ । यसको संक्रमण देशव्यापी देखिएको छ । जापानमा हिजो बुधबार एकैदिन ४१ हजारभन्दा धेरै कोभिड-१९का संक्रमित थपिएका छन् । यो नै पछिल्लो समयको सबैभन्दा उच्च दैनिक संक्रमण संख्या हो ।

संक्रमितको संख्या बढदै गएपछि देशभरको मुख्य–मुख्य सहरमा जोखिम बढदै गएको छ । खासगरी मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ । हिजो टोकियोमा मात्रै ७ हजार ३ सय ७७ जनामा कोभिड देखिएको छ । त्यस्तै ओसाकामा ६१०१, कानागावामा २२८८, साइतामामा २२१५, आइचीमा २८८१, चिवामा १६०५, ह्योगोमा २५१४, फुकुओकामा २२०८, ओकिनावामा १४३३, होक्काइडोमा ११७०, क्योतोमा १२०२ र हिरोशिमा १०४२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित बढेसँगै अस्पतालमा बस्नेको संख्या पनि बढदै गइरहेको छ । जोखिम बढदै गएपछि देशका १६ प्रान्तमा सरकारले कोरोना नियन्त्रण गर्न अर्ध-आपतकालको घोषणा गरिसकेको छ । त्यस्तै सरकारले बढी जोखिम रहेकोले घरबाहिर ननिस्कन र अतिआवश्यक कामबाहेक बाहिर नजान आग्रह गरिरहेको छ ।
,

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया