Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ — नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनामध्येमा ४४.९ प्रतिशत संक्रमणदर रहेको छ। यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए। मंगलबार पुष्टि भएका संक्रमितको संख्या नेपालमा कोरोना संक्रमण भएयताकै सबैभन्दा उच्च हो।

यसअघि कोेरोना संक्रमणको दोस्रो लहरमा गत वैशाखको अन्तिम साता एकै दिन ९ हजार ४ सय ८३ जना संक्रमित भएका थिए।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी उपत्यका बाहिर बढी संंक्रमित हुने जिल्लामा मोरङमा ५ सय ९ जना, सुनसरीमा ३ सय १० जना, झापामा १ सय ३९ जना, कास्कीमा २ सय ८७ जना छन्।

नयाँसहित नेपालमा सक्रिय संक्रमित ३९ हजार ४४ जना पुगेका छन्। सक्रिय संक्रमितमध्ये ३७ हजार ८ सय २६ जना होम र १२ सय १८ जना संस्थागत आइसोलेसनमा छन्।

त्यस्तै १ सय ५१ जनाको आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ।

तीन दिनमै दोब्बरले संक्रमणदर बढेको तथ्यांकले औंल्याएको छ। यही दरमा संक्रमण बढे केही दिनमै यो संख्या निकै धेरै पुग्ने राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पोखरेलले बताए।

अहिले फैलिरहेको संक्रमणमा ओमिक्रोनकै बर्चस्व बढी रहेकोले धेरैजनामा गम्भीर समस्या भने नदेखिएको उनको भनाइ छ। कतिपयलाई ओमिक्रोनले पनि गम्भीर अवस्थामा पुर्‍याउन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड सबैले कडाइपूर्वक पालना गर्नुपर्ने पौडेलले बताए।

ओमिक्रोनपछि अर्को भेरिएन्ट पनि उत्परिवर्तन भएर आउन सक्ने भएकाले खोप लिएका र नलिएका सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले सुझाए। ‘दुई सातामै ४० हजारजना संक्रमित हुनुको मुख्य कारण जनस्वास्थ्य मापदण्ड पालना नगर्नु नैै हो, अब सबैले पालना गराैँ’, उनले भने।

विश्वभरिको तथ्यांक हेर्दा पनि ओमिक्रोनको फैलावट बढी देखिएको तर यो भेरिएन्ट कमजोर भएकाले कम मानिसमात्र गम्भीर अवस्थामा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा संक्रमितको तुलनामा अस्पताल भर्नादर अत्यन्त कम रहेको तथ्यांकले औंल्याएको छ।

संक्रमित कतिपयमा डेल्टा भेरिएन्टसमेत देखिएकाले सचेत हुन आवश्यक भएको पौडेलले बताए। यो वर्षको अन्तिमसम्म कोरोना महामारी नियन्त्रणतर्फ उन्मुख हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया