Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन् । कानमा सलङसलङ गर्न थालेपछि जान विडिङले सुरुमा कानभित्र पानी पसेछ भन्ने अनुमान गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

किनकि तीन दिनअघि उनी एउटा स्थानीय स्विमिङ पुलमा पौडी खेल्न गएका थिए । पौडी खेलेपछि त्यो रात कान हल्लाउँदै उनी निदाए । भोलिपल्ट उठ्दा उनको कान बुझिएर टम्म भयो र कानबाट अनौठो आवाज आउन थाल्यो ।

कानमा खुसल खुसल भइरहेपछि उनी चिकित्सकहाँ पुगे । चिकित्सकले लाइट बालेर उनको कान खोतल्न थाले । उनलाई एन्टिबायोटिक औषधि दिइयो । हेयर ड्रायरले दुखेको कानमाथिको भाग सुक्खा पार्न चिकित्सकले सुझाव दिए ।

औषधिले उनलाई केही भएन । उनले एउटा कान नै सुन्न छोडे र सुत्न पनि सकेनन् । उनलाई झन् गाह्रो भयो । त्यसपछि उनी नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञकहाँ गए ।

चिकित्सकले उनको कानभित्र कीरा पसेको पत्ता लगाए । तत्कालै कैचीजस्तो एउटा उपकरणले उनको कानबाट कीरा निकाले । त्यो थियो साङ्लो ।

चिकित्सकका अनुसार सो साङ्लो अरु केही दिनसम्म झिक्न् नपाएको भए उनको कान बन्द हुन्थ्यो । केही महिनाअघि भारतमा एक व्यक्तिको नाकको प्वालबाट छिरेको साङ्लो दिमागमा पुगेपछि शल्यक्रिया गर्नुपरेको विवरण सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया