Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १,४४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८,९६५ पीसीआर र २,४६४ जनाको एन्टीजेन परीक्षणका क्रममा १,४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

योसँगै कुल संक्रमितको संख्या ८ लाख ३३ हजार ९४६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,८५५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ ।

उक्त अवधिमा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ । हाल ११३ जना क्वारेन्टाइनमा छन् । ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ८७६ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार १८८ पुगेको छ ।

तपाईको प्रतिक्रिया