Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन्। स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए।

उपचारका लागि उनी गत असोज १३ मा थाइल्याण्ड प्रस्थान गरेका थिए। लगत्तै त्यहाँबाट उनी चीन पुगेका थिए। चिकित्सकका अनुसार उनी ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन्। यो वंशाणुगत रोग भएको बताइएको छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए। यसै सन्दर्भमा पुनमा देखिएको ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ के हो भनेर जनरल फिजिसियन डा. अमित गौलीसँग हामीले कुराकानी गरेका छौं।

‘क्रिग्लर नजर सिम्टम’ भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो। जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई ‘बीलीरुबीन’ भन्छौं।

शरीरमा भएको ‘बीलीरुबीन’को लेभल बढ्छ। क्रिग्लर नजरमा कन्जुगेटेड र अनकन्जुगेटेड ‘बीलीरुबीन’ भन्ने हुन्छ। ‘बीलीरुबीन’को लेभल बढ्ने तर, कलेजोका अरु प्यारामिटर र जाँचहरु नर्मल हुन्छ।

सामान्यतः भन्नुपर्दा ‘बीलीरुबीन’ले जण्डिस गराउने पित्तको लेभल बढाउनु हो। यो बढिरहेको अवस्थामा कहिलेकाहीँ इन्फेक्सन (संक्रमण) भइदियो वा कलेजोलाई असर पार्ने औषधिहरु चल्यो वा कलेजोमा कुनै समस्या आइदियो भने देखिएको जण्डिसलाई झन् बढावा दिन्छ। त्यसलाई ‘क्रिग्लर नजर सिम्टम’ भनिन्छ।

यो दुई प्रकारको हुन्छ, टाइप वान र टाइप टु। यसको उपचार भनेको आइपरेका समस्याहरुको निर्मुल गर्दै लैजाने नै हो। अनि बिरामीलाई जस्तो गाह्रो पर्छ, त्यसैअनुसार उपचार गर्दै जाने हो। कहिलेकाहीँ हेपाटाइटिसहरु ‘रुल आउट’ गर्नुपर्ने हुन्छ। कलेजोको जाँचहरुमा हेपाटाइटिस छ कि छैन भनेर हेर्नुपर्ने हुनसक्छ।

टाइप वान र टाइप टु मा त्यत्ति धेरै फरक हुँदैन। दुवैको पद्धति एउटै हो। पित्तको मात्रा शरीरमा बढ्ने नै हो। प्याथोफिजियोलोजीमा थोरै फरक हुने मात्रै हो। ‘क्रिग्लर नजर’को ठ्याक्कै उपचार भन्ने त हुँदैन। यो चाहिँ जे समस्या आउँछ, त्यहीअनुसार अघि बढ्ने हो। पित्तथैली, लिभर जे मा समस्या छ, त्यहीअनुसार उपचार गर्दै अघि बढ्ने हो।

लिभरको समस्याले चाहिँ अरु अंगमा असर गरेको छ भने त्यहीअनुसार उपचार गर्नुपर्ने हुन सक्छ। लक्षणको आधारमा उपचार गर्ने हो।

कसरी नियन्त्रण गर्ने?

यो रोग नियन्त्रण गर्न सकिन्छ। एउटा लेभलभन्दा अर्को लेभलमा बढ्न नदिनु नै नियन्ण गर्नु हो। यस्तो विरामीको कहिलेकाहीँ के हुन्छ भने यसो हेर्दा जण्डिस पनि देखिँदैन। जण्डिस देखिनलाई त आँखा पहेँलो हुनुपर्‍यो। बाहिरबाट हेर्दा जण्डिस पनि हुँदैन, आँखा पनि ठीक हुन्छ तर, भित्र जाँच गर्दा ‘बीलीरुबीन’ लेभल (उच्च) हुन्छ। रगतको परीक्षण र कलेजोको जाँच गरेर नै डाइग्नोसीस गर्ने हो।

कति विरामीहरु सिम्टम (लक्षण) नदेखिने कारणले धेरै विरामीहरु जीवनभरि अननोटिस (सम्पर्कबाहिर) भइरहेका हुन्छन्। जो बीरामीले चेक गराउनुहुँदैन उहाँको त देखिँदैन नि। यो रोग कसैकसैलाई जन्मजात पनि देखिन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया