Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो –  सुन अन्तराष्ट्रिय बजारमा मुद्रा विनिमयको मुख्य आधार हो । सुनको खनन लगभग ७००० बर्ष देखि भएको मानिन्छ। इतिहास भर सुनको मौद्रिक र प्रतीकात्मक मूल्य छ ।

प्राकृतिक इन्धन र उर्जाको अभाव भएको जापानमा १८७३ मा खानी बिभाग स्थापना भइ खानी विभागले कोइला, फलाम सुन, चाँदीको उत्खनन् अगाडि बढाएको देखिन्छ ।

२०१९मा जापानमा ६.३१ हजार किलोग्राम सुन उत्पादन भएको थियो । देशमा माग आपूर्ति गर्ने प्रमुख सुन खानी कागोशिमा प्रान्तमा अवस्थित हिशिकारी  खानी हो ।  जापानको हिशिकारी खानी संसारको उच्चतम ग्रेडको सुन खानी  हो । देशका लगभग सबै धातु खानीहरु बन्द गरीएको अवस्थामा हिशिकारी  मात्र एक नाफा कमाउने खानी हो ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सुन खानीबाट आपूर्ति कम भइरहेको छ वा आउने वर्षहरूमा कम हुन सक्छ। किनकि खानीहरू अहिले पूर्ण रूपमा प्रयोग भइरहेको छ र नयाँ खानीहरू कम भइरहेका छन् । केही तथ्याङकका अनुसार २० प्रतिशत सुन खानी उत्खनन् गर्न अझै बाँकी छ । तर तथ्याङक परिवर्तन भइरहन्छ ।

विश्वमा सुनको बार्षिक उत्पादन २५ सय मेट्रक टन भएको अनुमान गरिन्छ । सबैभन्दा धेरै सुन उत्खनन् गर्ने देश चीन हो । अष्ट्रलिया, रसिया, अमेरिका  र क्यानाडा  पनि प्रमुख सुन उत्पादकहरू हुन् । दक्षिण अफ्रिकाको विटवाटर्सान्ड विश्वमा सुनको सबैभन्दा ठूलो स्रोत हो, विश्वको ३० प्रतिशत सुन यहाँबाट आउँछ ।

बहुमुल्य धातु सुन नागरिक मात्र नभै सरकारको समेत महत्वपूर्ण सम्पत्ति मानिन्छ । देशको आर्थिक ससक्तिको मापन समेत सुनबाटै हुने गर्छ ।

विश्व गोल्ड काउन्सिलको, सुन भण्डार गर्ने देशको सूची हेर्दा अमेरिका संसारमा सबैभन्दा बढी सुन राख्ने देश हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकासँग ८ हजार १ सय ३३ टन सुन मौज्जात रहेको छ । यो विदेशी मुद्रा भण्डारको ७४ दशमलव ९ प्रतिशत हो ।

सो सूची अनुसार जापान आठौं स्थानमा रहेको छ । जापानसँग ७६५ मेट्रिक टन सुन भण्डार छ। यो कुल विदेशी मुद्राको २ दशमलव ४ प्रतिशत हो । सन् १९५० मा जापानसँग केवल ६ टनमात्रै सुन थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया