Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानको राजधानी टोकियो, आधिकारिक रूपमा टोकियो महानगरको रूपमा परिचित छ । पहिले टोकियो “इडो” नामको एक सानो माछा मार्ने गाउँको थियो । अहिले संसारको सबैभन्दा घना जनसंख्या भएको शहर हो टोकियो ।

यस शहरको बारेमा चाखलाग्दो तथ्यहरूको संख्या अनन्त छ तर यहाँ टोकियोको बारेमा केहि रोचक तथ्य उल्लेख गरिएको छ –

१. टोकियो विश्वको सबैभन्दा ठूलो महानगर हो । यहाँ करिब ३७ मिलियन मानिस बसोबास गर्दछन् ।

२. टोकियो संसार कै सबैभन्दा धेरै रेस्टुरेन्ट भएको शहर हो ।

३. टोकियोको शिबुया क्रसिंग विश्वको सबै भन्दा व्यस्त जंक्शन हो । उच्च ब्यस्त समयमा यहाँ तीन हजार भन्दा बढी पैदल यात्रीले एकैचोटी बाटो काटेको दृश्य देख्न सकिन्छ ।

४. टोकियोको शिन्जुकु स्टेशन विश्वको सबैभन्दा ठूलो र व्यस्ततम रेलवे स्टेशन हो । प्रत्येक दिन औसत ३.७०  मिलियन यात्रु यो स्टेशन प्रयोग गर्दछन् ।

५. टोकियोको रिट्ज कार्लटन संसारको सबैभन्दा महँगो कोठा भएको होटेल मध्ये एक हो । यस होटेलको रुमको मूल्य प्रति रात ३० लाख येन सम्मको रहेको छ ।

६. टोकियो यात्रा गर्नको लागि संसार कै एक सुरक्षित शहरहरु मध्ये एक हो ।

७. टोकियोका सडक विश्वका अन्य कुनै शहर भन्दा बढी नियोन साइन बोर्डले भरिएको छ ।

८. टोकियोमा चार हजार भन्दा बढी मठ मन्दिरहरू छन् ।

९. टोकियो महानगरमा ८८२ वटा एक आपसमा जोडिएका रेल स्टेशनहरू छन् ।

१०. टोकियोमा १०० भन्दा बढी विश्वविद्यालय र कलेजहरू छन् जुन विश्वका अन्य शहरको तुलनामा धेरै हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया