Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

काठमाडाैं – हरेक वर्ष आफैंमा विशेष हुन्छ । विश्व घटना र जनजीवनका कारण केही घटनाहरु ऐतिहासिक नै बन्दछन् । हुन त हरेक घटनाको आफ्नै कारण र महत्व हुन्छ । तै पनि केही पलहरु मात्र यादगार हुन्छन्, जसले दुनियाँमा छाप छोड्न सफल भएका हुन्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हेरौँ, सन् २०२१ का चर्चित १५ तस्बिरहरू:-

अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी बोल्ने पोडिअम बोकिरहेका डोनल्ड ट्रम्पका एक समर्थक। राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएको प्रमाणपत्र दिइँदै गर्दा ज्यानुअरी ६ मा ट्रम्पका समर्थकहरूले संसद्‌ भवनमाथि आक्रमण गरेका थिए ।

सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरले शपथ ग्रहण गराएसँगै कमला ह्यारिस औपचारिक रूपमा अमेरिकाकी प्रथम महिला उपराष्ट्रपति बनिन्। उक्त पदमा पुग्ने उनी प्रथम अश्वेत महिला र प्रथम दक्षिण एशियाली मूलकी व्यक्ति पनि हुन् ।
कोभिडबाट ज्यान गुमाएका विजय राजुका भावविह्वल आफन्त गत मेमा भारतको बेङ्गलुरुको बाहिरी भेगमा पर्ने गिड्डेनहाली गाउँस्थित मशानघाटमा ।
फ्लोरिडाको मयामीनजिक पर्ने सर्फसाइड नगरस्थित एउटा १२ तले भवन भत्केपछि उद्धार तथा खोजी कार्य गरिँदै। जुन २४ मा भएको घटनामा ९८ जनाको ज्यान गएको थियो। सुरक्षाको कारण देखाउँदै बाँकी रहेको एउटा भवन जुलाईमा भत्काइएको थियो। भवन भत्कनुको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।
विस्फोट भएपछि आइसल्यान्डको ज्वालामुखीको लाभा । आठ सय वर्षभन्दा लामो सयमपछि गत मार्चदेखि ज्वालामुखी विस्फोट हुन शुरू भएको थियो ।
तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि देश छाड्नका लागि गत अगस्टमा अमेरिकी सेनाको कार्गो विमान चढेका मानिसहरू। अमेरिकी अधिकारीहरूका अनुसार ती मानिसहरूलाई विमानबाट ओराल्नुभन्दा विमान उडाउनु नै उपयुक्त हुने ठानेर चालक दलका सदस्यहरूले उडाएका थिए ।
गत सेप्टेम्बरमा टेक्ससको बोर्डरमा हेइटीका आप्रवासीहरूलाई घोडामा सवार सीमा सुरक्षाकर्मीले लखेट्दै गरेको दृश्य बाहिर आएपछि त्यसबारे अमेरिकाले अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भयो। खासगरी अश्वेत आप्रवासीमाथि सीमा सुरक्षाकर्मीले अपनाएको नीतिको सांसदहरूले निन्दा गर्दै त्यसले अमेरिकी दासयुगको झझल्को दिएको भनेका थिए ।
गत फेब्रुअरीमा अमेरिकाको पर्सिभिअरन्स रोभरमुनि देखिएको मङ्गल ग्रहको सतह। अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहका सयौँ तस्बिर सार्वजनिक गरेको छ। मिसनअन्तर्गत उक्त रोभरले मङ्गल ग्रहमा प्राचीन जीवनका सङ्केत खोज्ने र चट्टान तथा माटोका नमुना सङ्कलन गर्नेछ ।
चीनको सिचुआन प्रान्तस्थित वोलोङ न्याश्नल नेचर रिजर्भमा सु शान पान्डाले बच्चा जन्माएकी छन् ।
गत अगस्टमा टोक्यो २०२० ओलिम्पिक्समा पुरुषतर्फको भारत्तोलनमा स्वर्ष पदक जितेपछि फोटा खिचाउँदै क्युबाका जुलिओ सिजर ला क्रुज ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पुगेका अवसरमा भवनहरूमा गरिएको प्रदर्शनी मानिसहरूले हेर्दै गर्दा आकाशमा परेको चट्याङ। वार्षिकोत्सवका क्रममा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकमाथि हस्तक्षेप गर्न आउनेले त्यसको जबाफ पाउने चेतावनी दिएका थिए ।
ग्रीसको एभिआ टापु नजिकको एउटा गाउँसम्म डढेलो फैलिएपछि अग्निनियन्त्रकहरूलाई सघाउन भेला भएका स्वयंसेवहरू ।
युरोभिजन गीत प्रतियोगितामा आफ्नो प्रस्तुति दिँदै ग्रीसकी गायिका स्टेफानिया। प्रतियोगितामा इटली विजयी भएको थियो ।
पाखुराविहीन धनुर्धारी रूपमा परिचित अमेरिकाका म्याट स्टुट्जम्यान अगस्टमा टोक्यो २०२० पारालिम्पिकमा स्लोभाकियाली प्रतिद्वन्द्वीविरुद्ध खेलमा निशाना लगाउँदै ।
भविष्यमा मङ्गल ग्रहमा अवतरणका लागि इजरेलको नेगेभ मरुभूमिमा गत अक्टोबरमा अभ्यास गर्दै दुई अन्तरिक्षयात्री। अस्ट्रियाली र इजरेली अन्तरिक्ष निकायले तीन साता लामो अभ्यासमा समन्वय गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया