Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – पछिल्लो समय विशेषगरी महिलाहरुमा चित्त दुख्दा हुने एक किसिमको ‘ब्रोकन हार्ट सिन्ड्रोम’ अधिक व्याप्त बनेको नयाँ अध्ययनले देखाएको छ । यो सिन्ड्रोमले हृदयाघात जस्तै लक्षण देखाउँछ र उत्तिकै पीडा गराउने बताइएको छ । युवा पुरुषहरुमा पनि कुनै अप्रत्याशित पीडा या चित्त दुख्नाले मुटुको समस्या बढेको पाइएको हो ।

कोभिड १९ महामारीले यस्तो समस्या पहिले भन्दा झन बढाइदिएको डाटाले देखाउँछ । यो सिन्ड्रोममा एन्जाइटी र स्ट्रेसप्रति हाम्रो दिमाग र मुटुले एकैपटक प्रतिक्रिया जनाउँदाको असर हो ।

‘ताकोत्सुबो सिन्ड्रोम’ पनि भनिने यो अवस्थामा केही कारणवश् मान्छेको चित्त दुख्दा मानसिक पीडा सँगै मुटुमा पनि तिव्र दुखाइ महसुस हुने, सास फेर्न गाह्रो हुने, छाति भारी हुने अनि मांसपेसीहरु कमजोर हुने लगायत हुन्छ । त्यसैले हृदयाघात जत्तिकै पीडादायी बन्न सक्ने विज्ञहरु बताउँछन् ।

यो प्रायः स्ट्रेसकै कारण उत्पन्न हुन्छ र रिसर्चका अनुसार यसले लामो समयसम्म मुटुमा क्षति पुर्याउन सक्छ भने दिर्गकालीन रुपमा मुटुको काममा अवरोध पुर्याउन पनि सक्छ । यो प्रायः अधिकतम दुःख महसुस गराउने भौगोलिक या भावनात्मक घटना जस्तै प्रेम सम्बन्धमा ‘ब्रेक–अप’ , प्रीयजनको कार दुर्घटना जस्ता कारणले हुन सक्ने क्यालिफोर्नियाकी डाक्टर सुसन छेङ बताउँछिन् ।

र पछिल्लो समय महिला र पुरुष सबैले यस किसिमको ब्रोकन हार्ट सिन्ड्रोम महसुस गरिरहेका छन् । यता चिकित्सकहरु यसको पहिचान गर्न र उपचारको प्रक्रिया अपनाउनै द्विविधामा पर्दै आएका छन् । छेङका अनुसार विशेषगरी महिलाहरु यसबाट बढी प्रभावित भइरहेका छन् र यसको जोखिम पनि उनीहरुमा उच्च र बढ्दो देखिएको छ ।

दुर्लभ भएपनि कतिपय अवस्थामा व्यक्तिको एकदम धेरै चित्त दुख्दा यसैका कारणले मृत्यु समेत हुन सक्ने पाइएको छेङ बताउँछिन् । वास्तविक ह्दयघात नभएपनि मानिसहरु यसबाट ठीक हुन हप्तौँ या महिनोँ आइसीयुमा बस्नुपर्ने अवस्था पनि धेरै देखिएको छ । उनी भन्छिन्, “र यो सबै केबल स्ट्रेसका कारण उत्पन्न हुन्छ । जुन वास्तवमै हाम्रा लागि अत्यन्तै आश्चर्यजनक कुरा थियो । यो स्वास्थ्य प्रणालीकै लागि ठूलो झट्का हो । किनकी शारीरिक रुपमा ठूलो चोट या मेडिकल नतिजामा केही नदेखिए पनि व्यक्तिले असिमित पीडा महसुस गरिरहेको हुन्छ । ”

छेङका अनुसार ब्रोकन हार्ट स्न्ड्रिोमलाई राम्ररी नबुझ्नाले पनि गम्भीर समस्या उत्पन्न गराइरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया