Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि टोकियो महानगरपालिकाले डिसेम्बर २५ देखि जनवरी २०२२ को अन्त्यसम्म निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गरेको छ । महानगरपालिकाले कोरोना भाइरसको लक्षण नदेखिएका टोकियोका बासिन्दाहरूलाई निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यस व्यवस्थापन अनुसार राजधानीमा बसोबास गर्ने र कोरोना भाइरस सङ्क्रमणको डर मानेका तर कुनै पनि लक्षण नदेखिएका व्यक्ति निःशुल्क पीसीआर परीक्षण सेवाको लागि योग्य मानिने छ। यो सुविधा लिन चाहने सेवाग्राहीले आईडी देखाउनु पर्नेछ तर उमेर, खोप लिए नलिएको जानकारी र अपोइन्त्मेन्त लिनु आवश्यक छैन ।

यो अभियान डिसेम्बर २५ मा १२ वटा निजी परीक्षण स्थलमा सुरु भएको थियो भने  सोमबार देखि टोकियोका १८० साइटहरू र औषधि पसलहरुमा प्रति दिन लगभग ३०,००० परीक्षणहरू सञ्चालन गर्ने तालिका रहेको छ ।

परीक्षणको नतिजा सोहि दिन वा भोलिपल्ट उपलब्ध हुने तयारी गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया