Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानको ‘सुसाइड फरेस्ट’ नामले कुख्यात-आओकिगाहारा जंगलमा शब पाउनु सामान्य कुरा हो र त्यहाँ हरेक वर्ष दर्जनौं मानिसहरुले आत्महत्या गर्ने गर्दछन् यो जंगल टोकियोबाट करिब १ सय किलोमिटर टाढा माउन्ट फुजीको उत्तरपश्चिमी बेस क्याम्प नजिकै रहेको छ । त्यहाँ हरेक बर्ष ५० देखि १ सय मानिसहरुले आत्महत्या गर्दछन् । यो जंगलमा यति ठूला र घना रुख रहेका छन् कि वनमा बाटो विराउने घटना त्यहाँको दुखद इतिहास बनेको छ । त्यहाँ मोबाइलले समेत काम गर्दैन ।

यो जंगलमा ठूलो संख्यामा मानिसहरु आएर आत्महत्या गर्ने गरेकाले यस जंगललाई सुसाइड फरेस्ट अर्थात आत्महत्याको जंगल भन्ने गरिन्छ । यो जंगल जापानको फूजी पर्वतको समथर भू-भागमा ३० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

जापानका मानिसहरुलाई यो जंगलमा ज्यान दिन १९६० मा छापिएको सेइचो माट्सुमोतोको कथा ‘कुरोई जुकाई’ (द ब्ल्याक सी अब ट्रिज) को कथाले भयावह प्रभाव पारेको मानिन्छ । सो कथाको अन्त्यमा एक प्रेम जोडी आओकिगाहारा जंगलमा आएर ज्यान दिन्छन् ।

सर्वेक्षण अनुसार उक्त रोमान्टिक इमेजरीले प्रेरित भएर यो जंगलमा आत्महत्या गर्न आउनेको संख्या धेरै भेटिएको थियो ।

जापानको लोककथाहरुमा जंगलमा भूत-प्रेतको छाया परेको बताइन्छ ।

ओकिगाहारा जंगलमा आत्महत्या रोक्नका लागि देशको प्रशासनले सक्दो प्रयासहरु गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया