Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – च्याउ अति उत्तम पौष्टिक आहार हो । च्याउ विश्वव्यापी रूपमा खपत हुन्छ । अध्ययन अनुसार विश्वमा १ लाख ४० हजार प्रकारका च्याउ पाइन्छ र जापानमा मात्र पाँच हजार भन्दा बढी प्रकारका च्याउ पाइनेमा १ सय प्रकारका च्याउ खानका लागि उपयुक्त तथा स्वस्थ मानिन्छन् ।

च्याउको सेवनले विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । च्याउ हजारौं बर्षदेखि परम्परागत औषधीमा प्रयोग गरिंदै पनि आएको छ । च्याउ प्रोटीन र फाइबरको सबैभन्दा राम्रो स्रोत हो ।  धेरै कम क्यालोरी र प्रोटीनको उच्च सघनता भएका जापानमा पाइने च्याउ पौष्टिक स्तरमा धेरै मूल्यवान मानिन्छन् ।

जापानमा धेरै लामो समयदेखि च्याउ विशेष गरी शरद ऋतुको मुख्य आहार हुँदै आएको छ । विगतमा, प्राकृतिक रूपमा उम्रेका च्याउ प्रयोग हुन्थ्यो । उपलब्ध रेकर्डमा पाइए अनुसार, लगभग ३०० वर्ष पहिले देखि जापानी किसानहरूले च्याउको खेती गर्न थालेका हुन् ।

जापानी च्याउ प्रजातिहरूमा सबै भन्दा प्रसिद्ध सीइताके, रेइशी र माइताके हुन् । संसारकै सबै भन्दा महँगो च्याउको प्रजातिमा जापानमा पाइने मात्सुताके च्याउ हो । हालसालै जापानको एक कृषि बजारमा १ किलो  मात्सुताके च्याउ १० लाख येनमा बिक्रि भएको थियो ।

प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्व पाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ ।

शोधकर्ताले यस्तो प्रकारको च्याउ पत्ता लगाएका छन्, जुन खतरनाक र विषालु हुने गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया