Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टाेकियाे – जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् । निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई खाना पकाउने कुकहरुलाई प्रशिक्षण दिन अधिक उपयोगी हुन सक्ने बताएका छन् । यदि व्यवसायिक रुपमा निर्माण सुरु भयो भने यसको मूल्य ८७५ डलर पर्ने अनुमान गरिएको छ ।

उनले संचार एजेन्सी रोटयर्ससँग भनेका छन्, ‘यसको मुख्य लक्ष्य भनेको मानिसहरुलाई दुनियाँको अर्को कुनामा रहेर या घरमै बसेर पनि टीभी स्क्रिनको रेस्टुरेन्टमा खाए जस्तै अनुभव दिलाउन सम्भव पार्नु हो ।’ यसमा उनले अझै धेरै स्वाद थप्नका लागि निर्माताहरुसँग स्वाद छर्किने स्प्रेको प्रविधिबारे छलफल गरिरहेको बताएका छन् । उनले अबको भविष्य डाउनलोड गर्न मिल्ने ‘स्वाद’को रहेको समेत उल्लेख गरे ।

कोभिड-१९ को युगमा यस किसिमको प्रविधिले बाहिर निस्कन नपाएका मानिसलाई बाहिरी दुनियासँग जोड्न ठूलो मद्दत गर्न सक्ने दाबी गरेका छन् । तर, महामारीकै समयमा यसरी चाटेर स्वाद लिन मिल्ने टिभी कत्तिको उपयुक्त होला भनेर ट्विटरमा चर्को बहस चलिरहेको छ । यसअघि पनि प्रोफेसर मियाशिता र उनका विद्यार्थीले स्वादसँग जोडिएका विभिन्न उपकरणहरु निर्माण गरेका थिए । यसमा उनीहरुले खानालाई अझ स्वादिस्ट बनाउने विशेष किसिमको फोर्क चम्चा निर्माण गरेका थिए ।

तपाईको प्रतिक्रिया