
मतदानस्थलमा फोटो लिन अवरोध गरेपछि विभिन्न सञ्चारमाध्यमका फोटोपत्रकारले क्यामेरा डाउन गरेका छन् । मतदानस्थलमा रिपोर्टिङका क्रममा तस्बिर र भिडियो लिन पुगेकाहरुलाई प्रहरी प्रशासन लगाएर गेट बाहिर निकाल्न खोजेपछि आफूहरुले क्यामेरा डाउन गरेको एक सञ्चारकर्मीले जानकारी दिए ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो ।