Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०७८ का लागि तीन विधामा घोषणा गरिएको छ । अन्तर्दृष्टि नमुना शिक्षक, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार घोषणा गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण एवम् यदाकदा पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्विकार्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०७८ का लागि तीन विधामा घोषणा गरिएको अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो । ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा। कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको निर्णयका आधारमा गरिएको हो ।

१. अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार
अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिनेछ ।

२. अन्तर्दृष्टि हातेमालो पुरस्कार
अन्तर्दृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार लुम्बिनी प्रदेशस्थित कपिलवस्तु जिल्लाको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिनेछ ।

३. अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत पत्रकार विद्या राईलाई प्रदान गरिनेछ ।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रहेको छ । पुरस्कारहरू वसन्त पञ्चमीका दिन प्रदान गरिनेछ । ‘अन्तर्दृष्टि पुरस्कार छनोट प्रक्रियामा सहभागी विद्यार्थी, सघाउनुहुने शिक्षक, विद्यालय प्रशासन तथा प्रश्नावली निर्माणसहित अनवरत खटिएका अन्तर्दृष्टि पुरस्कार समितिका सदस्य एवम् सर्वेक्षकप्रति अन्तर्दृष्टि पुरस्कार समिति आभार प्रकट गर्दै यो सहयोगको निरन्तरताको अपेक्षासमेत राख्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

तपाईको प्रतिक्रिया