Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको अध्यक्षमा रबिन शर्मा सर्वसम्मत चयन भएका छन् । टोकियोस्थित सोलमारी रेस्टुरेन्टमा सम्पन्न १२औँ अधिवेशन तथा ६०औँ साहित्यिक शृङ्खलाबाट शर्माको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वरिष्ठ उपाध्यक्षमा अरुण पौडेललाई चयन गरिएको छ भने उपाध्यक्षमा आनन्द अधिकारी र सविना रेग्मी चयन भएका छन् । महासचिवमा शरद पोखरेल, सचिवमा राजेन्द्र पौडेल र अनिल कुमार निर्दोष तथा सहसचिवमा प्रकृति फुयाँल चयन हुँदा कोषाध्यक्षमा दिपा घिमिरेलाई चयन गरिएको छ ।अनेसास जापान च्याप्टरको सदस्यहरूमा मीनराज बास्तोला, सजिना मोक्तान,केरी पारखी, मञ्जु गिरी ‘वन’, बिनु भण्डारी, नारायण पोखरेल, मनोज मौसम केसी, बलराम उपाध्याय, विन्दु ढकाल रहेका छन् । भने बाँकी ३ सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।

संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्वमा भएको अधिवेशनमा नेपाली दूतावास जापानका तृतीय सचिव प्रेम बराल विशिष्ट अतिथि थिए भने अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख अतिथि थिए । संस्थाका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, आलोक चालिसे, विष्णुप्रसाद घिमिरे, दीप पाठकलगायत समाजसेवी दीपक सुवेदी, बोर्ड फ ट्रस्टी सदस्य ग्रिस्मा पौड्याल, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, पत्रकार गोकर्ण अधिकारी, शान्त पहारी, लक्ष्मी पौडेललगायत सहभागी थिए ।साथै जापानका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । ‘साकुरा फुल्दा’ मुख पत्रका मुख्य प्रायोजक तथा समाजसेवी दीपक सुवेदीले अनेसास जापानको भूमिकाको प्रशंसा गर्दै अनेसासलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।कार्यक्रममा संस्थाको मुख पत्र साकुरा फुल्दा -६ नारी विशेषाङ्कको विमोचन अतिथिहरूको हातबाट संयुक्त रूपमा गरिएको थियो । करिब ३० भन्दा बढी सर्जकहरूले आफ्ना साहित्यिक सिर्जनाहरूको वाचनले कार्यक्रम सुन्दर बनेको थियो । उपाध्यक्ष सुमित गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव रबिन शर्माको सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया