Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – वास्तुशास्त्र प्राचीन विज्ञान हो ।  यो मूख्यतः वास्तुविज्ञान (science of architecture) मा आधारितनिकै प्राचीन विद्या  हो ।

हामी आफ्नो जीवन सुखमय बनाउन विभिन्न उपाय गर्दछौ । तर कतिपय अवस्थामा जानीनजानी गरेका केही गल्तीले हामीलाई विभिन्न दोष लाग्ने र समस्या झेल्नु पर्ने हुन्छ ।

आज हामी वास्तुशास्त्र अनुसार घरभित्र हुने केही चीजबारे चर्चा गर्नेछौ जसले वास्तु दोष निम्त्याउन सक्छ । तसर्थ यी सामाग्रीलाई घरभित्र राख्नु अशुभ मानिन्छ ।

१. भाचिँएको फर्नीचर

भाचिँएको वा टूटफुट भएको फर्नीचर सामाग्रीलाई घरभित्र राख्नु अशुभ हुन्छ । यसले वैवाहिक जीवनमा कलह निम्याउने वास्तुशास्त्रको मान्यता छ । तसर्थ यस्ता सामाग्रीलाई सकेसम्म घरबाहिर राख्नु नै राम्रो हुन्छ ।

२. बिग्रेको घडी

यदि घरमा कुनै बिग्रिएको, चर्किएको वा टुटफुट घडी छ भने यसलाई समेत घरभित्र नराख्नुहोस् । बिग्रिएको वा रोकिएको घडीले नकारात्मक ऊर्जा पैदा गरी परीवारका सदस्यको काममा अड्चन पैदा गर्दछ ।

३. बिग्रिएका विद्युतीय सामान

बिग्रिएको वा काम नलाग्ने अवस्थामा पुगेका विद्युतिय सामान जस्तैः हिटर, टिभि, आइरन, लगायतका सामाग्री घरबाहिर राख्नुहोस् । यस्ता सामानले नकारात्मक ऊर्जा पैदा गर्दछ ।

४. खण्डित मूर्ति

घरभित्र भुलेर पनि भाँचिएको, खण्डित वा चर्किएको मूर्तिसमेत राख्नु हुदैन । यसले दैवीय आर्शिवाद समेत प्राप्त गर्न असहज हुन्छ भने घरभित्र राख्नु अशुभसमेत मानिन्छ ।

५. टुटफुट भाँडाकुडाँ

घरभित्र टूटफुट, चर्किएको, बांगिएको भाँडाकुडाँ राख्नु राम्रो मानिदैन । यस्ता भाँडाकुडाँ घरभित्र हुनु अशुभ मानिन्छ ।

६. फाटेका जूत्ताचप्पल

फाटेको जूत्ताचप्पल लगाउनु त्यसै पनि राम्रो हुदैँन यसले मानिसको ब्यक्तित्वमा असर पार्दछ । यस अलावा वास्तु अनुसार च्यातिएको वा उपयोगहीन जूताचप्पल घरभित्र हुनाले नकारात्मकता र दुर्भाग्य निम्याउँछ ।

७. चर्किएको वा फुटेको काँच

चर्किएको वा फुटेको काँच घरभित्र भएमा यसलाई तुरुन्त घरबाहिर निकाल्नुहोस् । यस्ता काँचले वास्तु दोष निम्त्याउने र मानसिक तनाव बढाउने गर्दछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया