Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – अमेरिकामा बख्तरबन्द गाडीबाट पैसा खसेपछि नोट टिप्नेको भिड लाग्दा सडक जाम भएको छ । शुक्रबार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खसेको थियो । उक्त पैसा टिप्नेको भिड लाग्दा सडक जाम भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन् । यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो । प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो ।

प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ । एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ । ‘जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,’ राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने ।

भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ । राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ । बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया