Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ । यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए । उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन् । खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह गर्न मन्दिरसम्म पुगेका थिए । केरला राज्य अहिले बाढी र पहिरोले आक्रान्त बनेको छ । त्यहाँ धनजनको ठूलो क्षति पुगेको छ ।वर्षाका कारण नदीहरूमा पानीको तह बढेको छ । धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन् । आकाश र ऐश्वर्याको विवाह हुने मन्दिर पनि केही डुबेको थियो । उनीहरूलाई नातेदारले नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्‌कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याएका थिए । ;हामीले कहिल्यै नसोचेको विवाह भयो,’ ऐश्वर्याले स्थानीय टिभी एशियानेटलाई बताइन् ।

नवविवाहित दम्पतीले आफ्नो विवाह दुई परिवारको सानो समारोह भए पनि अनलाइनमा तस्बिरहरू शेअर भएपछि आफ्नो विशेष दिनमा धेरै मानिस सहभागी भएको अनुभूति भएको बताएका छन् । आकाशले आफ्नो विवाहको मिति अलि पहिले निश्चित गरिएको र थप बिदा लिन असहज हुने भएकोले सार्न नचाहेको समाचारसंस्था पीटीआईलाई बताएका छन् । उनले हतारमा खड्‌कुँलो मात्रै उपलब्ध भएको बताए ।

तपाईको प्रतिक्रिया