Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – पश्चिमी मुलुकमा निर्मित सामाजिक सञ्जालमध्ये हालसम्म चीनमा प्रयोग हुँदै आएको लिंक्डइन पनि बन्द हुने भएको छ । माइक्रोसफ्टले चीन सरकारको विभिन्न नीतिगत व्यवस्थाका कारण आफूहरूले लिंक्डइन बन्द गर्ने निर्णय गरेको बताएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनमा फेसबुक, ट्वीटरजस्ता पश्चिमी सामाजिक सञ्जाल चल्दैनन् । यस्तोमा एकमात्र पश्चिमी सामाजिक सञ्जालको रुपमा हेरिएको लिंक्डइन पनि अब बन्द हुने भएको हो । केही पत्रकारको लिंक्डइन प्रोफाइल बन्द गरेको भन्दै प्रश्न उठेसँगै कम्पनी चीनमा आफ्नो सेवा दिनबाट पछि हटेको जनाइएको छ ।

कम्पनीले लिंक्डइन बन्द गरेता पनि चीनमा छुट्टै जब प्लेटफर्म ‘इनजब’ सञ्चालनमा ल्याउने जनाएको छ । तर, यसमा सोसल फिड र अरुले राखेको पोस्ट शेयर गर्ने फिचर भने उपलब्ध हुने छैन ।

‘हामीले चीनका विभिन्न माग र व्यवस्थाका कारण लिंक्डइन सञ्चालनमा निकै नै कठिनाइ भोगिरहेका छौं,’ कम्पनीले भनेकाे छ, ‘यस्तोमा लिंक्डइनलाई बन्द गरेर यहीँको स्थानीय प्रडक्टको रुपमा ‘इनजब’ प्रस्तुत गरिने छ । जसले चीनमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा छ ।’

तपाईको प्रतिक्रिया