Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – पेन्टागनका पूर्वसफ्टवेयर प्रमुख निकोलस चैलनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को लडाईंमा चीनले अमेरिकालाई उछिनेको बताएका छन् । चीनले एआईमा अमेरिकालाई पछि पार्दै विश्वव्यापी रुपमा आफ्नो प्रभाव स्थापित गर्न थालिसकेको उनकाे तर्क छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आर्थिक रुपमा विश्वको दोस्रो ठूलो शक्तिशाली देश चीनले प्रविधिका प्रमुख क्षेत्रमा आफूलाई अब्बल सावित गरिसकेको दाबी गर्दै उनले भने, ‘त्यसमा एआई एक हो । त्यस्तै सेन्थेटिक बायोलोजी, जेनेटिक्स लगायतमा पनि चीन निकै अघि बढिसकेको छ ।’

चैलन पेन्टागनको पहिलो प्रमुख सफ्टवेयर अफिसर हुन् । उनले प्रविधि रूपान्तरणमा अमेरिका ढिलो भएको भन्दै त्यसको विरोधमा पदबाट राजिनामा दिएका थिए । प्रविधि रूपान्तरण ढिला हुँदा यसले धेरै चुनौतीहरू सिर्जना गरिरहेको समेत उनको दावी थियो ।

‘हामी पछिल्लो १५ देखि २० वर्षमा चीनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘यो लडाईंमा चीनले बाजी मारिसकेको छ । त्यसैले अब यो लडाईंको औचित्य पनि समाप्त भएको छ ।’

यसरी आज प्रविधिमा पाएको सफलताले चीन विश्वमा हावी भइरहेको छ । उनले भने, ‘यसका लागि चिनियाँ प्रविधि कम्पनीले सरकारसँगको सहकार्यमा एआईमा ठूलो लगानी गरेका छन् । तर, अमेरिकी टेक कम्पनीहरू उसले बनाएको एआईलाई आत्मसाथ गर्न बाध्य भइरहेका छन् ।’

तपाईको प्रतिक्रिया