Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान,च्याप्टरको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला १८ जुलाई २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापान स्थित नेपाली राजदूतावास प्रमुख महामहिम राजदूत प्रतिभा राणा प्रमुख अतिथि र संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक तथा अनेसास केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पौडेल ‘ माइला ‘ विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

विशेष अतिथि संस्थाका पूर्व अध्यक्ष आलोक चालिसे रहनु भएको उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सदस्य गृष्मा पौड्याल,अनेसास बोर्ड अफ ट्रस्टी सदस्य एवं अनेसास जापान सल्लाहकार सुष्मा ओमाता,अनेसास जापान सल्लाहकार कुमार सिंखडा,जापान स्थित नेपाली भाषाको विद्यालय एभरेष्ट ईन्टरनेशनल स्कुलका प्रधानाध्यापक विष्णु भट्ट र पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले अतिथिका रुपमा उपस्थित रहनुभएको थियो ।

यसैगरी अरुण पौडेल, मञ्जु गिरी, सजिना मोक्तान, दिपा घिमिरे,मीनराज बास्तोला, के.बी पारखी, राजेन्द्र पौडेल, अनिलकुमार निर्दोष, मन्जुल मितेरी, अमरदेव बास्तोला, विन्दा पराजुली बराल, प्रविना बराल, सरिता ढकाल लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
अतिथि तथा कार्यक्रमका सहभागीहरुद्वारा व्यक्त गरिएका शुभकामना मन्तव्य,भानु सम्बन्धी जानकारी तथा विविध सृजनाहरुले कार्यक्रमलाई रोचक र सुन्दर बनाएको थियो । साथै उपस्थित सबैजनाले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

प्रमुख अतिथि राणाले नेपाली भाषा साहित्यको उन्नयनका लागि अनेसासले खेलेको भूमिकाको प्रशंसा गर्दै अनेसास र दूतावासको आत्मिय सम्बन्ध बारे प्रकाश पार्दै कोरोनाको यस जटिल परिस्थितिमा दूतावासले खेलिरहेको भूमिकाबारे पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो । साथै सबैजनामा आ-आफ्नो ठाउँबाट सकेको काम गर्न र एकताबद्ध रहन पनि अनुरोध गर्नुभएको थियो ।

विशिष्ट अतिथि माइलाले सुन्दर कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्दै अनेसासले खेलिरहेको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।
अतिथि भट्टले जापानमा नेपाली भाषा, साहित्यको लागि विद्यालयले खेलिरहेको भूमिका र आगामी योजनाहरुबारे विचार व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ जापानका अध्यक्ष घलेले साना-साना चिजहरुले खुसी प्राप्त हुने र सुन्दर जीवनका लागि त्यी चिजहरु महत्वपूर्ण रहने भएकाले परदेशमा एक-अर्काप्रति सम्मान सहित सहयात्रा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

साथै उपस्थित अन्य अतिथिज्यूहरुले पनि सान्दर्भिक विचार र शुभकामना सन्देश सहित सुन्दर कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्ततिर संस्थाका कोषाध्यक्ष आनन्द अधिकारीले संस्थाको हालसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

सदाझै राष्ट्रिय गानसहित सुरुवात गरिएको कार्यक्रममा संस्थाका सदस्य शरद पोख्रेलले कार्यक्रमबारे र भानुका बारे केहि जानकारी सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका महासचिव रविन शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अन्तमा कार्यक्रममा उपस्थित तथा कार्यक्रम हेरेर, सुनेर साथ दिनुहुने सम्पूर्णमा धन्यवाद सहित र अनेसास जापानलाई सदाझै सबैजनाबाट साथ, सहयोग र माया प्राप्त रहिरहने विश्वास सहित कार्यक्रमका सभापति गैह्रेले अनेसास जापानको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला समापन भएको घोषणा गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया