Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं — अमेरिका, बेलायत र यूरोपेली यूनियनले चीनमाथि साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएका छन्। उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दावी गरेका छन्। कम्तिमा ३० हजार सर्भर आक्रमणमा परेको उनीहरुको आरोप छ। उनीहरुले चिनियाँ सुरक्षा एजेन्सीको निगरानीमा साइबर आक्रमण भएकोसमेत आरोप लगाएका छन्।

बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले गम्भीर साइबर आक्रमण गरेको बताएका छन्। उनले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताएका छन्। बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्र्दै चीनले साइबर आक्रमण गाएको आरोप लगाएको बीबीसीले जनाएको छ। चीनले सुरक्षा हितका लागि साइबर आक्रमण गरेको आशंकासमेत बेलायती विदेशमन्त्रालयले गरेको बीबीसीले उल्लेख गरेको छ।

यस्तै यूरोपेली संघले पनि विज्ञप्ति जारी गर्दै चीनमाथि गम्भीर आरोप लगाएको छ। यूरोपेली संघले पहिलो पटक चीनको नाम लिएर साइबर आक्रमणको आरोप लगाएको हो। अमेरिका र बेलायतले यसअघि पनि चीनमाथि यस्तो आरोप लगाउने गरेका थिए। तर, यूरोपेली संघले पहिलो पटक नाम तोकेर आरोप लगाएकाले यो मामिला निकै गम्भीर रहेको संकेत गरेको छ।

उता अमेरिकाले भने संसार भर चीनले एक ह्याकरको संस्था बनाएर साइबर आक्रमण गरिरहेको बताएको छ। पश्चिमाहरुको यो पछिल्लो आरोपबारे चिनियाँ प्रतिक्रिया आइसकेको छैन। तर, यो घटनाले चीन र पश्चिमा मुलुकबीच फेरि तनाव बढ्ने संकेत भने देखिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया