Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरुद्ध भएाा थिए ।

दुई घण्टा २० मिनेट सञ्चार बिच्छेद भएको उक्त घटनालाई धेरैले सामान्य रुपमा लिए । यसका पछाडि रहेको गम्भीर चलखेल भने असामान्य थियो ।

यो र यस्तै चलखेलका कारण टेलिकम धरासायी हुने जोमिख बढेको छ । टेलिकमले हाम लोकेसन रजिष्ट्रेशन (एचएलआर) प्रविधिले काम नगर्दा कल फरवार्ड हुन नसकेकाले सेवा रोकिएको भन्दै आएको छ । अर्कातिर टेलिकम सञ्चालक समितिले यसमै छानबिन समिति बनाएको छ ।

त्यसले बेलामा काम भने गर्न पाएन । सेवा अवरुद्ध भएको विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले व्यापार प्रमुख प्रतिभा वैद्यको संयोजकत्वमा असार ९ गते ७ दिनको म्याद तोकेर ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले तोकिएको म्याद सकेर बल्ल छानबिन गर्न सुरु गरेको छ । स्रोतका अनुसार उक्त चलखेल र छानबिनमा ढिलाइका पछाडि टेलिकम उच्च व्यवस्थापनको हात रहेको पाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकै दबाबका कारण छानबिन गर्न ढिलाइ गरेको स्रोतको दाबी छ । गम्भीर संवेदनशील प्रमाणहरु नष्ट गर्ने उद्देश्यले छानबिन पछि सार्दै आएको स्रोतको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया