Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं — विश्वमा केही यस्ता अनौठा नियम कानुन र जीवनशैली छन् जसका बारेमा थाहा पाएपछि हामी अचम्मित हुने गर्दछौ ।

१. दुई राहादानी
नेपालमा राहदानीले अधिकाशं सरकारी काम हुने गर्दछ । अझ घरेलू उडानकालागि त राहदानी चाहिदाँ पनि चाहिँदैन । भारत बाहेको विदेश जानु पर्याे भने मात्र यो चाहिन्छ । तर रूसमा भने घरेलू यात्रामा पनि राहदानी चाहिन्छ । रुसमा देशभित्र एउटा र बाहिर अर्काे राहदानी बोक्नुपर्ने नियम छ ।

२. सडकको नाम
नेपालमा लगभग सबै सडकको नाम छ । त्यो पनि अधिकाशं सडकको नाम व्यक्तिको नाममा छ । तर विदेशमा सडकको नाम व्यक्तिको नामबाट कमै राखिन्छ । कोस्टारिका नामक देशमा सडकको नाम नै छैन । त्यहा सिमा चिन्ह (ल्याण्डमार्क)को प्रयोग गरीन्छ ।

३. मास्कको प्रयोग
कोरोना भाइरसको महामारी आएपछि पुरै विश्वले मास्कको प्रयोग गर्न थालेको छ । तर विश्वमा केही यस्ता देश थिए जो यस अघि नै मास्कको प्रयोग गर्दथे । दक्षिण कोरीया यस्तो देश हो जहाँ रुखाखोकि लागेमा अरुको सुरक्षाकालागि मास्क लगाउने चलन छ ।

४. पढ्नै नसकिने ठाँउको नाम
विश्वमा केही यस्ता ठाँउ छन् जसको नाम सजिलै पढ्न सकिन्छ । तर एउटा यस्तो ठाँउ छ जसको नाम उच्चारण गर्न जो कोहिले सक्दैनन् । न्यूजल्याण्डमा यस्तै एक स्थान छ, जसको लामो नामका कारण यसलाई पढ्न सकिदैन । अंग्रेजीका ८५ अक्षर मिलेर बनेको यो स्थानको नाम पढ्ने कोशिस गर्नुस् त ।

५. कपडा सुकाउन घर बाहिर बासको डण्डा
हामी कहाँ कपडा सुकाउन घरको छत वा भुइमा टागेर सुकाउने गरिन्छ । यसकालागि जूट वा प्लास्टिकको डोरी वा तार बाध्ने गरीन्छ । तर सिंगापुरमा भने कपडा सुकाउन घर बाहिर बाँसको डण्डा राख्ने चलन छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया